Home » , » चियाको सेवन गर्ने मानिस अल्पायुमा नमर्ने वैज्ञानिकहरुको दावी

चियाको सेवन गर्ने मानिस अल्पायुमा नमर्ने वैज्ञानिकहरुको दावी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चिया सबैभन्दा उत्कृष्ट पेय पदार्थ भएको प्रमाणित गर्दै वैज्ञानिकहरुले चियाको नियमित सेवन गर्ने मानिस अल्पायुमा मर्ने जोखिम कम हुने तथ्य पत्ता लगाएका छन् ।

मुटु सम्बन्धि विभिन्न रोग बाहेकका कारण अल्पायुमै मर्ने खतरालाई चियाको सेवनले एक चौथाइले घटाउने वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।




शोधकर्ताहरुका अनुसार कफी पिउनु भन्दा चिया पिउनु उत्तम हुन्छ । उनीहरुका अनुसार कफी नियमित पिउने लत लागेका हरु प्रायः अस्वस्थ तथा धूमपानका अम्मली समेत हुन्छन् ।

शोधकर्ताहरुका अनुसार चियामा हुने फ्लाभिनोइड तत्वका कारण यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको हो । फ्लाभिनोइड एन्टीअक्सिडेन्ट हो, जो मुटुको स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

फ्रान्सका वैज्ञानिकहरुले पेरिसको आइपिसी मेडिकल सेन्टरमा आएका रोगीहरुको ७ वर्षसम्म निरन्तर अध्ययन गरेका थिए । त्यसक्रममा १८ देखि ९५ वर्ष उमेर सम्मका १ लाख ३१ हृजार ४ सय १ जना सामान्य मुटुसम्बन्धि रोगीको अध्ययन गरिएको थियो ।



त्यसक्रममा कफी नियमित रुपमा पिउनेहरुले प्रायः धुम्रपान समेत गर्ने गरेको र उनीहरुमा मुटु सम्बन्धि समस्या बढि रहेको पाइयो । जबकी कफी नभै चिया पिउनेहरु शारीरिक रुपमा पनि सक्रिय पाइनुका साथै स्वस्थ पनि रहेको पाइयो ।

प्रमुख शोधकर्ता प्राध्यापक निकोलस डान्चिन भन्छन्, ‘यदि तपाइँले चिया र कफी मध्ये रोज्नु पर्यो भने अवश्यपनि चिया रोज्नुस् । ‘

चियाको सेवनले मुटुलाई स्वस्थ राख्नका लागि सघाउ पूराउने भएपनि उमेर तथा अन्य बानीव्यहोराका कारण यसको सकारात्मक प्रभावमा कमी आउने भन्दै शोधकर्ताहरुले भने मुटुरोग बाहेकका रोगहरुबाट हुने अल्पायु मृत्युको जोखिम भने चियाले कम गर्छ । अनलाइन खबरबाट



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/W2YIWR

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved