Home » , , » आमा गर्भवती भएपछि छोराले यसरी पोखे रिस (भिडियो सहित)

आमा गर्भवती भएपछि छोराले यसरी पोखे रिस (भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तिम्रो भाइबहिनी मेरो पेटमा छ भनेर कुनै आमाले आफ्नो सानो छोराछोरीलाई सुनायो भने ती बच्चाबच्चीको प्रतिक्रिया कस्तो होला ? सायद उनीहरु खुसीले फुरुंग हुन्छन् र आमाको गर्भे पेट सुम्सुम्याउाछन् ।तर अमेरिकाका एक बालकले भने आमा गर्भवती भएको थाहा पाएपछि अनौठो प्रतिक्रिया दिएका छन् ।वासिंटनकी शेनी गिब्सन हार्टले आफु गर्भवती भएको कुरा आफ्ना दुइ बच्चालाई सुनाएर उनीहरुको प्रतिक्रिया रेकर्ड गर्ने इच्छा राखिन् ।



सोही बमोजिम उनले दुइ बच्चालाई कारको पछिल्लो सिटमा राखेर आफुले कार हााकिन् । कार केही अगाडि बढेपछि उनले सुनाइन् ‘म गर्भवती छु ।’आमाको यस्तो कुरा सुनेपछि कान्छो छोराले खासै प्रतिक्रिया जनाएनन् । तर जेठो छोराको प्रतिक्रिया तथा आक्रोस सााच्चीकै उल्लेखनीय थियो । ट्रे नामका ती बालकले आमाको कुरा सुन्ने बित्तिकै आाखा बन्द गरे र चिच्याउन थाले ,’तिमीले के सोाचिरहेकी छौा ? तिम्रा दुइ सन्तान हुादाहुादै किन अर्को पाउनुपर्यो ? यो त अरुलाई रिस उठाएर आफु दंग पर्ने काम भयो ।’



छोरो रिसाएपछि आमाले उनलाई सम्झाउादै भनिन्, ‘छोरा हामीले तिमीलाई कहिल्यैपनि विस्थापित गर्नेछैनौा । तिमीले केवल अर्को भाइ वा बहिनी पाउनेछौा जसलाई तिमीले हेरचाह गर्न सहयोग गर्नुपर्नेछ ।’तर आमाले यसो भन्दा पनि छोरोको चित्त बुझेन । उनले भने, ‘तिमीले किन अर्को बच्चा पाउन चाह्यौ । यदि धेरै भयो भने एउटालाई विस्थापित गर । यसको कुनै अर्थ छैन ।’



त्यसपछि उनले बच्चा चिच्याएर आफ्नो कान खायो भन्दै कानमा कोचार्ने कपास मागे ।आफु गर्भवती भएपछि छोराले पोखेको रिसको भिडियो रकेर्ड गरेकी थिइन् ती आमाले । उनले त्यो भिडियो इन्टरनेटमा अपलोड गरिन् । अहिले त्यो भिडियो निकै भाइरल बनेको छ ।



#ViralVideos



Source : feed update from ➭ http://ift.tt/1vAE93E

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved