Home » » पछिल्लो अपडेट २ : सिन्धुपाल्चोकको पहिरो, नदीको बहाव बिस्तारै बग्न थाल्यो

पछिल्लो अपडेट २ : सिन्धुपाल्चोकको पहिरो, नदीको बहाव बिस्तारै बग्न थाल्यो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


hqdefault

Title : पछिल्लो अपडेट २ : सिन्धुपाल्चोकको पहिरो, नदीको बहाव बिस्तारै बग्न थाल्यो
Description: सिन्धुपाल्चोक, साउन १७
---------------------------
सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा परीएर ज्यान गुमाउनेको सङख्या ९ पुगेको छ । पहिरोले थुनिएको भोटेकोशी नदीको बहाव बिस्तारै बग्न थालेको छ । बिहान साढे तीन बजे पहिरो गएपछि बाह्रबिसे नजिकै थुनिएको भोटेकोशी नदीको पानी विस्तारै बग्न थालेको हो । लेदो माटो र ढुंगासहितको पानी बग्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा परी ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ । पहिरोमा परी मांखाका स्याम श्रेष्ठ, गणेशमाया श्रेष्ठ, आश्मा श्रेष्ठ र रामदेवी श्रेष्ठ तथा बतासेकी बिमला श्रेष्ठ अभिशेक श्रेष्ठको ज्यान गएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसेभन्दा केही तलको जूरे भन्ने ठाउँमा राम्चेको ढिस्को खसेर नदी थुनिएको स्थानीय प्रत्यक्षयदर्शीले जानकारी दिएका छन् । नदी थुनिएर ठूलो ताल बनेको छ । पहिरोले राम्चे गाविसका केही घर पनि बगाएको छ । घर बगाउँदा केही मानिसको ज्यान गएको र केही वेपत्ता भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । नमन्त्री सुशील कोइरालाले पहिरोले रोकिएको सुनकोशी नदीलाई सावधानीपू र्वक सहज र सुरक्षित निकास दिएर सुरक्षाका सबै निकाय,स्थानीय प्रशासन र प्राकृतिक प्रकोप व्यवस्थापनसंग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी नदी थुनिएको ठाँउ वरपर र नदीको तल्लो तटीय किनाराका बस्तीका बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सार्न गृहमन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
पहिरोमा परि घाइते भएका ११ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको अहिले ललितपुरको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परेर अहिलेसम्म ४० जना घाइते भएका छन् ।


NOTE :- If you have any copyright issue with our uploaded videos or any copyright claim came from ViralsTV in your account, please contact us at viralstv@gmail.com thanks...!
---------------------------------------------------------------
Watch More Video At: http://goo.gl/dBBxN2
Subscribe & Stay Informed: http://goo.gl/y9oHvX
Join Us for hangouts at Google+: http://goo.gl/EV1PZf
Tweet this twit on twitter at: http://goo.gl/DlA47M
Like us on facebook: http://goo.gl/Hrfdbt
---------------------------------------------------------------
Sindhupalchok Landslide pahiro report update, Kantipur News, August 2, 2014
Keywords:
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved