Home » » बिर्सनै नसक्ने दीन आज २०७१ साल श्रावन १७ गते शनिवार

बिर्सनै नसक्ने दीन आज २०७१ साल श्रावन १७ गते शनिवार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


hqdefault

Title : बिर्सनै नसक्ने दीन आज २०७१ साल श्रावन १७ गते शनिवार
Description: नेपालमा सुनकोसी नदी थुनिने गरि आएको पहिरोलाई फुटाएर नदिको वहाव सामान्य गर्नको लागि सेनाको एक टोलीले विष्फोटक पदार्थको प्रयोग गरेको छ।
पहिरो ह्वात्तै फुटेर आउन सक्ने बाढीबाट बच्न सरकारले तल्लो तटमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ।
पहिरोले थुनिन पुगेको नदीको वहावलाई समान्य बनाउन एक प्राविधिक टोलीले विष्फोटक पदार्थ प्रयोग गरेको नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखरलले बताए।
"विष्फोट गराएपछि अहिले पानीको सतह विस्तारै विस्तारै घट्न थालेको छ।"
माङ्खा गाउँको जुरेमा आएको पहरोले अरनिको राजमार्गको सानो भाग सहित कैयौं घरहरु बगाएको थियो।
यसअघि सरकारले पहिरोले माङखा गाविसमा थुनिएको सुनकोशी नदीको २ सयमिटर वारिपारिको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
संकटग्रस्त
मृत्यु
सिन्धुपाल्चोकका ‍प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार पहिरोमा परी हालसम्म मृत्यु भएका ८ जनाको शव फेला परेको छ भने ४० जनालाई उपचारका लागि पठाइएको छ।
पहिरोले कम्तीमा ५० वटा घरहरु बगाएको उनले बताए।
पहिरोमा परी बेपत्ता हुने मानिसहरुको संख्या यकीन हुन नसकेको अधिकारीहरुले बताएका छन।
शनिबार बिहान करिब ३ बजेतिर गएको पहिरोले करिब दुईसय मिटर गहिरो, साढे तीन किलोमिटर लामो र पाँचसय मिटर चौडाईको ताल बनाएको ढकालले बताए।
----------------------------------------------------------------------------------
NOTE :- If you have any copyright issue with our uploaded videos or any copyright claim came from ViralsTV in your account, please contact us at viralstv@gmail.com thanks...!
---------------------------------------------------------------
Kantipur News - नेपाली दैनिक समाचार August 1, 2014
Keywords:
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved