Home » , , » ‘रेखा दिज्यूले भन्नुहुन्छ भने म झुर कलाकार नै हुँ’ : गरिमा पन्त(भिडियोसहित)

‘रेखा दिज्यूले भन्नुहुन्छ भने म झुर कलाकार नै हुँ’ : गरिमा पन्त(भिडियोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


केही समय अगाडि नेपाल सरकारले राष्ट्रपति डाक्टर रामवरण यादवको हातबाट वितरण गरेको ‘राष्ट्रिय अवार्ड’मा बर्ष २०७० को उत्कृष्ट नायिकाको पुरस्कार पाएपछि गरिमाको चर्चा धेरै भयो । ‘सार्क फिल्म फेस्टिबल’मा उत्कृष्ट नायिका भएपछि गरिमाले राष्ट्रपतिको हातबाट विशेष सम्मान पनि थापिन् ।

तर गरिमाले ‘राष्ट्रिय पुरस्कार’ प्राप्त गर्दै गर्दा नायिका रेखा थापाले भने उनको खुलेरै आलोचना गरिन् । रेखाले गरिमा जस्तो ‘झुर’ अभिनय गर्ने नायिका आज आएर एकाएक कसरी उत्कृष्ट भइन् भनेर आफ्नो भनाई राखिन् ।रेखाको यो बिषयमा पहिलो पटक अनलाइनखबरको क्यामेराअघि मुख खोल्दै नायिका गरिमा पन्तले आफू ‘झुर’ कलाकार नै भएको बताएकी छिन् । गरिमाले रेखा दिज्यू जस्तो सिनियर कलाकारले यस्तो देखेको हो भने आफू ‘झुर’ कलाकार नै भएको बताएकी हुन् ।

उसो त गरिमाको यो भनाई केही घुमाउँरो लाग्न सक्छ । तर उनले अनलाइनखबरसँग गरेको भिडियो कुराकानीमा आफूले रेखा थापाको माया पाएर सुरुवातमा कदम चालेको बताउँदै उहाँको नजरमा यस्तो हो भने त्यो सही भनेकी छिन् । गरिमाको विस्तुत अन्र्तवार्ता केही समयपछि प्रकाशन गरिनेछ ।





Source : feed news from Rochak Sansar : http://ift.tt/1m55X7t

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved