Home » , » अख्तियारद्धारा महानगरपालीकाबाट ‘एक ट्रक’ कागजपत्र नियन्त्रणमा

अख्तियारद्धारा महानगरपालीकाबाट ‘एक ट्रक’ कागजपत्र नियन्त्रणमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, भाद्र १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा छापा मारी भारी मात्रामा कागजपत्र बरामद गरेको छ । आज विहान कार्यालय समय शुरु हुने वित्तिकै पुगेको अख्तियारको टोलीले सुन्धारास्थित बागदरबारमा रहेको महानगरपालिका कार्यालय र टेकुस्थित विभागमा छापा मारेको थियो ।





५० जनाको संख्यामा रहेका अख्तियारका कर्मचारीले महानगरपालिकाका ६ वटा विभाग र ४ वटा आयोजनाबाट झण्डै एक ट्रक कागजपत्र नियन्त्रणमा लिएका थिए । छापा मारिएका विभागहरुमा शहरी, भौतिक योजना, प्रशासन, आर्थिक, वातावरण र जनस्वास्थ्य रहेका छन् ।

यस्तै चमती, मनोहरा, नयाँबजार जग्गा एकीकरण आयोजना र हनुमानढोका दरबार संरक्षण आयोजनामा छापा मारिएको थियो ।





महानगर पालिकामा अनियमितता तथा भ्रष्टाचार बढेको उजुरी परेपछि छापा मारेको र कागपत्रहरुको अनुसन्धानबाट तथ्यहरु खुल्ने अख्तियारले जनाएको छ । अख्तियारलाई सवै विभागबाट कागजपत्र नियन्त्रणमा लिन दुइघण्टा भन्दा बढी समय लागेको थियो ।







Souce feed news from आजको पत्रिका► http://ift.tt/Y4il2D

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved