भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । फेसबुकका मालिक मार्क जुकरबर्गलाई लिएर उनकै एक कर्मचारीले एक अच्चमको खुलासा गरेका छन् । उनका अनुसार जुकरबर्गले टाउको तरवारले काटिदिने भनि स्टाफलाई धमकी दिने गर्दथे । यस कुराको दावि फेसबुकका एक पूर्व कर्मचारीले अफ्नो किताबमा गरेका छन् ।
नोहा केगन दावि गरेका छन् कि जुकरबर्गको कम्पनीमा कमजोर व्यवस्थापन कारण उनि राम्रो प्रदर्शन नगर्ने स्टाफको टाउको जापानी समुराई नामको तरवारवाट काटिदिने धमकी दिने गर्दथे ।
केगानका अनुसार जुकरबर्गले खराब प्रदर्शन गर्ने कर्मचारिहरुको टाउको काट्ने र टाउको काबूमा लिने कुरा गर्दथे । केगनले भने मलाई थाहा छैन कि जुकरबर्गले समुराई तरवार कहाँ वाट पाए ? उनि त्यँहा रहुन्जेल सम्म जुकरबर्गले कुनै पनि कर्मचारीलाई नोक्सान पुर्याएन्न । केगनका अनुसार जुकरबर्गले एक इन्जीनियरको कम्प्यूटरमा पानी फालेका थिए र उनिलाई धेरै गालि गरेका थिए ।
केगनले भने जुकरबर्ग ठट्टामा राम्रो काम नगरेमा स्टाफहरुलाई मुक्का हान्छु भन्थे । केगन २००६ सम्म फेसबुकसँग आवद्ध थिए । त्यस समय फेसबुक कम्पनी एक बर्ष अगाडि मात्र सुरु भएको थियो । केगनको यस खुलासा प्रति जुकरबर्गले अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैन्न ।
- See more at: http://www.hamrakura.com/162869.html#sthash.aKmkDZ3w.hFq6NWB6.dpuf
Loading...
