Home » , , » कसरी गर्न सकिन्छ मासु खाएर प्रकृतिलाई प्रेम ?

कसरी गर्न सकिन्छ मासु खाएर प्रकृतिलाई प्रेम ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विश्वमा हरेक वर्ष ६५ अर्ब विभिन्न जनावरहरु मासुका लागि मान्छेद्वारा मारिन्छन् र खाइन्छन् । अर्थात् विश्वमा हरेक वर्ष एक जना मानिसले औषतमा ९ वटा जनावर मारेर खान्छ ।यसको पर्यावरणमा ठूलो असर पर्छ । यदि हामी वातावरणमैत्री बन्न चाहन्छौँ भने के हामी मांसाहारी बन्नुपर्छ ?



यो प्रश्नको जवाफ खोज्न म विश्वको सबैभन्दा धेरै मासु खपत हुने देश अमेरिकामा पुगेँ ।त्यहाँ मैले गोठालाहरुले आजभन्दा डेढ सय वर्ष पहिले जस्तै गरी परम्परागत तरिकाले गाइवस्तु चराएको पाएँ । मैले मिथेन ग्यासको जाँच गर्ने लेजर उपकरण लिएर गाइवस्तुको झुण्ड नजिकै गएँ । उक्त उपकरणबाट जाँच गर्दा त्यहाँ गाइवस्तुले ठूलो परिमाणमा मिथेन ग्यास उत्सर्जन गरेको पाइयो ।



हरितगृह ग्यास प्रभाव

एउटा गाइले मात्र एक दिनमा ५ सय लिटर सम्म मिथेन उत्सर्जन गर्छ ।यदि विश्वमा रहेका डेढ अर्ब गाइवस्तुको अनुपातमा हेर्नेहो भने त्यो एक विशाल परिमाण हुन आउँछ । त्यतिधेरै गाइवस्तुले उत्सर्जन गर्ने मिथेनको प्रभाव पर्यावरणमा निकै हानिकारक हुन्छ । हरित गृह प्रभावका लागि मिथेन ग्यास कार्वन डाइअक्साइड भन्दा २५ गुणा बढि हानिकारक हुन्छ ।



यो समस्याको मुख्य कारण भनेको गाइले घाँस खानु हो । भलै गाइको पेटमा रहने सुक्ष्म जिवाणुका कारण घाँसमा पाइने सेलुलोज पच्दछ तथापि ठूलो मात्रामा मिथेन ग्यास पैदा हुन्छ ।अमेरिकाको टेक्सासमा मैले देखेँ घाँसको ठाउँमा मकै, बोसो, हर्मोन तथा एन्टिबायोटिकका मिश्रण समेत गाइवस्तुलाई खुवाइन्छ । यस्तो खुवाउँदा गाइले कम मिथेन ग्यास उत्सर्जन गरी बढि वजन वृद्धि गर्छ ।




दैनिक मासु सेवन

अध्ययन अनुसार यस्तो बनाबटी खाना खुवाइएका गाइबाट उत्पादिन मासुबाट ४० प्रतिशत कम मिथेन उत्सर्जन हुन्छ ।गाइको एक किलो मासु उत्पादन गर्दा १६ किलो कार्वन डाइअक्साइड पैदा हुन्छ भने भेँडाको १ किलो मासु उत्पादन गर्दा १३ किलो ।



त्यस्तै सुँगुरको मासु उत्पादन गर्दा झन थोरै अर्थात् त्यसको आधा जसो कार्वनडाइ अक्साइड उत्पादन हुन्छ । कुखुराको एक किलो मासु उत्पादन गर्न केवल ४.४ किलो कार्वन डाइअक्साइड उत्सर्जन हुन्छ ।यदि तपाइँ साँच्चीकै वातावरणमैत्री मांसाहारी हुन चाहनुहुन्छ भने तपाइँले प्रतिदिन १ सय ग्राम भन्दा कम मासु खानु आवश्यक हुन्छ । जो विश्वको अहिलेको दैनिक प्रतिव्यक्ति मासु खपत भन्दा आधा हो । डाक्टर माइकल मोसली/बीबीसी ।







from ➭ http://ift.tt/1navm0c

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved