भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
परासी : महिलालाई बलात्कारको प्रयास गर्ने एकजना सैनिकलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको बन तथा सुरक्षा पर्यावरणीय निर्देशानलयमा कार्यरत नायक पुरुषोत्तम श्रेष्ठलगायतका तीननजना सैनिकले शुक्रबार राति स्थानीय एक २८ वर्षीया महिलालाई बलत्कारको प्रयास गरेका थिए। घरभित्रै गएर बलत्कारको प्रयास गरेपछि ती महिला चिच्चाएर बाहिर निस्कने क्रममा गाउँलेले बचाएका थिए। अन्य दुईजना फरार भएका छन्। दोलखा घर भएका श्रेष्ठलाई भने स्थानीयले भाग्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्।
यसअघि पनि निर्देशानलयका सैनिकले मादक पदार्थ सेवन गरी गाउँका चेलीमाथि दुव्र्यवहारको प्रयास गर्ने गरेको भन्दै दोषि भएका सैनिकलाई कारबाहीको माग गर्दै शनिबार इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए। स्थानीयले पक्राउ गरी बुझाएका श्रेष्ठलाई सैनिक कानुनअन्र्तगत कारबाहीको लागि निर्देशानलयमा जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताए।
तत्कालिन माओवादी चौथो डिभिजनको सहायक शिविर रहेको हात्तिखोरमा रहँदै आएको निर्देशानलयका केही सैनिकले हो हल्ला गरी गाउँमा अशान्ति मच्चाउने भएको भन्दै स्थानीयले शान्ति सुरक्षाको माग गरेकाले नेपाल प्रहरीको नियमित गस्तिसँगै नेपाली सेनाको पनि सदा पोशाकमा सुरक्षा खटाउने सहमति भएको प्रहरी निरीक्षक सापकोटाले बताए। उनका अनुसार त्यस क्षेत्रमा यसअघि पनि पटक पटक सैनिक जवानका कारण गाउँमा अशान्ति खल्बलिएको गुनासो आउने गरेको थियो। Annapurnapost बाट
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1CeO0O8
via IFTTT

Loading...