भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

‘ए भाई हो बिहे नगर्ने त’, चलचित्र ‘हामी तिन भाइ’मा नायक राजेश हमालले यसो भनिरहदा अर्का दुई कलाकार श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती ‘नगर्ने नगर्ने’ भन्दै दौडिएका थिए । राजेश दाई पनि भाइहरुको पछिपछि लाग्दै दौडिएका थिए ।
भाइहरु पनि के कम थिए र, आफ्नो बिहे गर्नु छैन हाम्रो पिर गर्छौ भन्दै उनलाई जिस्काउथे । ‘हामी त बल्ल औला चुस्ने बालक हौ, पहिला आफ्नो बिहे गरन’ निखिल र श्रीकृष्ण यसै भन्थे । लाग्थ्यो, पर्दामा राजेश दाइसगको यो माया श्रीकृष्ण र निखिलमा अपार थियो ।
पर्दामा मात्र होइन, बास्तविक जीवनमा पनि श्रीकृष्णका लागि राजेश हमाल दाई नै थिए । ‘राजेश दाइले त बिहे गर्नु भएको छैन, मैले कहा“ गर्नु’, श्रीकृष्ण यसै भन्थे । तर जब राजेश हमालले बिहे गरे, भाई श्रीकृष्णले पनि केही समयमा नै बिहे गरे । उनले अनलाइनखबरस“ग भनेका थिए, ‘राजेश दाइको अगाडि त मेरो बालबिबाह नै हो ।’
चलचित्र ‘हामी तिन भाई’मा देखिएको राजेश दाई र श्रीकृष्णको माया आज पनि धेरै दर्शक र चलचित्रकर्मीको मस्तिष्कबाट ओझेल भएको छैन । त्यही भाई भगवानको प्यारो हुदा दाई राजेशका मन कम्ता रोएन । सोमबार प्रज्ञा प्रष्ठिान कमलादीमा हातमा फूलको गुच्छा बोकेर उनी भाई श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिन बसेका थिए ।
चलचित्रको पर्दामा भाई बिरामी हुदा उनी जसरी पनि निको गर्थे । भाइलाई सानो ठेस लाग्दा उनको मन दुख्थ्यो । भाईको मन दुख्दा जसोतसो गरेर फकाउथे । तर बास्तविक जीवनमा त्यो संभव थिएन । कास, यो चलचित्रको पर्दा नै भैदिएको भए ।
नायक राजेश हमालका आखा निक्कै समय रसाए । श्रीकृष्णलाई संझिएर उनी भक्कानिए । आफूलाई सम्हाल्न सकेनन् । राजेशस“गै पुगेका अर्का भाई निखिल उप्रेतीका आखा पनि रसाए । चलचित्रको पर्दा बाहेक चलचित्रकर्मी, दर्शक र पत्रकारले राजेश दाई रोएको सायदै देखेका थिएनन् होला ।
तर पर्दामा रगतको र रियल लाइफमा नजिकबाट भावानात्मक सम्बन्ध जोडिएको भाईलाई श्रद्धाञ्जली दिदै गर्दा नायक राजेश हमालको मन दुख्यो, आखामा भेल बग्यो । यो भावनाले उब्जाएको प्रेमको आशु थियो, जसले गर्दा पनि उनलाई पर्दाको जस्तो कुनै केमिकल हालिरहनु परेन, आशु झार्न ।
२ भाइले फूलको गुच्छा लिएर अन्तिम बिदाई गर्दै गर्दा हामी तिन भाइका माइला भाई भगवानको प्यारो भैसकेका थिए । अलबिदा श्रीकृष्ण ।
Loading...
