Home » » भाइको निधनमा राजेश दाइको नरोकिएको आशु (भिडियो)

भाइको निधनमा राजेश दाइको नरोकिएको आशु (भिडियो)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


  ‘ए भाई हो बिहे नगर्ने त’, चलचित्र ‘हामी तिन भाइ’मा नायक राजेश हमालले यसो भनिरहदा अर्का दुई कलाकार श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती ‘नगर्ने नगर्ने’ भन्दै दौडिएका थिए । राजेश दाई पनि भाइहरुको पछिपछि लाग्दै दौडिएका थिए ।

भाइहरु पनि के कम थिए र, आफ्नो बिहे गर्नु छैन हाम्रो पिर गर्छौ भन्दै उनलाई जिस्काउथे । ‘हामी त बल्ल औला चुस्ने बालक हौ, पहिला आफ्नो बिहे गरन’ निखिल र श्रीकृष्ण यसै भन्थे । लाग्थ्यो, पर्दामा राजेश दाइसगको यो माया श्रीकृष्ण र निखिलमा अपार थियो ।

 
पर्दामा मात्र होइन, बास्तविक जीवनमा पनि श्रीकृष्णका लागि राजेश हमाल दाई नै थिए । ‘राजेश दाइले त बिहे गर्नु भएको छैन, मैले कहा“ गर्नु’, श्रीकृष्ण यसै भन्थे । तर जब राजेश हमालले बिहे गरे, भाई श्रीकृष्णले पनि केही समयमा नै बिहे गरे । उनले अनलाइनखबरस“ग भनेका थिए, ‘राजेश दाइको अगाडि त मेरो बालबिबाह नै हो ।’

चलचित्र ‘हामी तिन भाई’मा देखिएको राजेश दाई र श्रीकृष्णको माया आज पनि धेरै दर्शक र चलचित्रकर्मीको मस्तिष्कबाट ओझेल भएको छैन । त्यही भाई भगवानको प्यारो हुदा दाई राजेशका मन कम्ता रोएन । सोमबार प्रज्ञा प्रष्ठिान कमलादीमा हातमा फूलको गुच्छा बोकेर उनी भाई श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिन बसेका थिए ।

चलचित्रको पर्दामा भाई बिरामी हुदा उनी जसरी पनि निको गर्थे । भाइलाई सानो  ठेस लाग्दा उनको मन दुख्थ्यो । भाईको मन दुख्दा जसोतसो गरेर फकाउथे । तर बास्तविक जीवनमा त्यो संभव थिएन । कास, यो चलचित्रको पर्दा नै भैदिएको भए ।



नायक राजेश हमालका आखा निक्कै समय रसाए । श्रीकृष्णलाई संझिएर उनी भक्कानिए । आफूलाई सम्हाल्न सकेनन् । राजेशस“गै पुगेका अर्का भाई निखिल उप्रेतीका आखा पनि रसाए । चलचित्रको पर्दा बाहेक चलचित्रकर्मी, दर्शक र पत्रकारले राजेश दाई रोएको सायदै देखेका थिएनन् होला ।

 

तर पर्दामा रगतको र रियल लाइफमा नजिकबाट भावानात्मक सम्बन्ध जोडिएको भाईलाई श्रद्धाञ्जली दिदै गर्दा नायक राजेश हमालको मन दुख्यो, आखामा भेल बग्यो । यो भावनाले उब्जाएको प्रेमको आशु थियो, जसले गर्दा पनि उनलाई पर्दाको जस्तो कुनै केमिकल हालिरहनु परेन, आशु झार्न ।

२ भाइले फूलको गुच्छा लिएर अन्तिम बिदाई गर्दै गर्दा हामी तिन भाइका माइला भाई भगवानको प्यारो भैसकेका थिए । अलबिदा श्रीकृष्ण ।

 
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved