Home » » अमेरिकी कछुवाले जापानलाई आपत

अमेरिकी कछुवाले जापानलाई आपत

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमेरिकाबाट झण्डै ५० वर्षअघि ल्याइएको कछुवा अहिले जापानको टाउको दुखाइएको विषय बनेको छ । आयातित प्रजातिको ‘स्न्यापिङ कछुवा’को संख्या यति धेरै बढेको छ की त्यसले जापानको नाजुक पारिस्थितिकीय पद्धतिमै खतरा पैदा गरेको छ ।

सन् १९६० मा घरपालुवा जनावरको रुपमा अमेरिकाबाट यो प्रजातिको कछुवा जापानमा ल्याइएको थियो । त्यसमध्ये केही कछुवा जंगलमा छाडियो । ती छाडिएका कछुवा यति तिब्र गतिमा प्रजनन गर्न सफल भए की १० वर्ष अघि चिवा क्षेत्रमा मात्रै १ हजार कछुवा थिए ।

यो प्रजातिको कछुवालाई जापानमा मिचाहा प्रजातिको रुपमा सूचिकृत गरिएको छ । यो कछुवाले माछा, चरा तथा घाँसपात समेत खान्छ । यसले व्यवसायिक रुपमा मत्स्यपालन गरिएका तथा अन्य कृषिभूमिमा गएर समेत क्षति पूराउने गरेको छ ।

अघिल्लो महिना स्थानीय मानिसहरुले ४४ वटा कछुवा पक्रेका थिए । वातावरण मन्त्रालयले अहिलेसम्म ३ हजारवटा यस्ता कछुवा पक्रेर खोरमा राखिसकेको छ । वातावरणविदका अनुसार यो कछुवाले पारिस्थितिक पद्दतिमा ठूलो क्षति पूराएको छ । त्यसैले सरकारले कछुवा पक्रिने मात्र होइन कछुवाका फूल नष्ट गर्ने काममा ध्यान दिनुपर्छ ।

यो कछुवा एक मिटर सम्म लामो र ३५ किलोसम्म तौल भएको हुन्छ । यसले मानिसलाई समेत टोकेर गम्भीर घाउ बनाइदिन सक्छ । अहिले पनि यसले केटाकेटीलाई टोकेर घाइते बनाइदिने गरेको छ ।
- http://namastenepalidc.blogspot.com/2014/08/blog-post_671.html
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved