Home » , , » तेरिया अब व्यस्तता प्रोग्रामको लागि (UAE ) दुवईमा... जादै

तेरिया अब व्यस्तता प्रोग्रामको लागि (UAE ) दुवईमा... जादै

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON को विजेता नेपालको छोरी तेरिया फौजा मगरलार्इ आदिवासी जनजाति महासंघ यूएइले २० सौं विश्व आदिवासी दिवसको अवसर पारेर समग्र यूएइ वासी नेपालीहरू सँग साक्षात्कार गराउन साथै DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON मा प्रथम भइ सारा नेपालीहरूको शिर विश्वमा उच्च राख्न सफल भएकोमा उनको प्रतिभाको कदर गर्दै र उनको उज्वल भविष्यको कामना गर्दै उनलार्इ सम्मान गर्ने प्रमुख उद्देश्यले निम्तो गरिने भएको छ ।






AUGUST-29-014 का दिन SHEIKH RASHID AUDITORIUM AL MEHTA DUBAI को विशाल हलमा सम्पन्न हुन लागिरहेको विश्व आदिवासी दिवस कार्य क्रममा तेरिया फौजा मगरलार्इ अतिथि कलाकारको रूपमा सहभागी गराइनेछ । ZEE TV सँगको प्रत्यक्ष कुराकानी अनुसार तेरियालार्इ यूएइमा आगमन गराउँदा उनको साथमा ZEE TV का MANAGER र उनकी आमा अनिवार्य हुनुपर्ने हुँदा उहाँहरूलार्इ पनि अतिथिको रूपमा भब्य स्वगत गरिने छ । तेरियालार्इ DID LITTLE MASTER 3RD SEASON मा जिताउन भोटी ङ लाइन यूएइ बाट २००००००+.....रहेको थियो ।



यसै कार्यक्रमको अवसर पारेर विशेष अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका वर्तमान अध्यक्ष नगेन्द्र प्रसाद कुमाललार्इ विसेश अतिथिको रूपमा निमन्त्रणा गर्ने निर्णय आदिवासी जनजाति महासंघ यूएइले गरेको छ । कुमालको उपस्थिति विशेष त विश्वमा रहेका आदिवासी जनजातिहरूको वर्तमान वस्तु स्थिति सम्बन्धमा तमाम नेपालीहरूमा खुलस्त रूपमा प्रेशन गर्न मा नै केन्द्रित रहने कुरालार्इ जोड दिइएको छ ।



यस अवसरमा प्रस्तुत गरिने अन्य प्रस्तुतिहरूमा विभिन्न सांस्कृतिक झाँकीहरू, विभिन्न जातीय वेषभूषा प्रदर्शनी, स्थानीय कलाकारहरूद्वारा साङ्गीतिक तथा नृत्य प्रस्तुति साथै हास्य-व्यङ्ग्य जस्ता प्रस्तुतिहरू पनि रहने छ । यस कार्य क्रमको प्रमुख आयोजना SAI EVENT MANAGEMENT AND NEFIN UAE रहने छ भने, सह आयोजकमा महासंघमा आबद्ध नौ वाटै संस्थाहरू- नेवा पुछ यूएइ, किरात याक्थुङ चुम्लुङ यूएइ, तामाङ समाज यूएइ, नेपाल मगर संघ यूएइ, शेर्पा किदुक यूएइ, भूजेल सेवा समाज यूएइ, किरात रार्इ यायोक्खा यूएइ, तमु समाज यूएइ, प्रवासी थारू समाज यूएइ रहनेछन् ।



कार्यक्रमको अवसरमा आदिवासी जनजाति महासंघ यूएइले सदा झैं यस पटक स्रष्टा सम्मानमा “म अमेजन उकालो वग्छु” कविता सङ्ग्रहका सर्जक बहु रंगबादी कवि मन कुमार लावती- ‘समदर्शी काइला’ लार्इ ताम्र पत्र सहित कदर गर्ने निर्णय गरेको छ । वहाँद्वारा लिखित “म अमेजन उकालो वग्छु” कविता सङ्ग्रह अध्ययन अध्यापनको लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत M PHIL LEVEL मा सन्दर्भ पाठ्य पुस्तकमा समावेश छ । उहाँ विश्व साहित्य महासंघको केन्द्रीय महासचिव तथा कियाचु यूएइको वर्तमान कार्यवाहक अध्यक्ष को रूपमा आबद्ध हुनुहुन्छ ।



SAI EVENT MANAGEMENT AND NEFIN UAE को सानदार प्रस्तुति “A NEPALESE CULTURAL SHOW” का प्रमुख आकर्षण तेरिया फौजा मगर, नगेन्द्र प्रसाद कुमाल र छुल्थिम डोलमा गुरुङ रहने यस कार्यक्रमलार्इ नेपालबाट निम्तो गरिएको VJ/RJ तथा गायिका छुल्थिम डोलमा गुरुङद्वारा सञ्चालन हुने छ भने यस कार्यक्रम सभ्य र भव्य हुनेमा आयोजक तथा सह आयोजकहरू विश्वास राख्दा छ ।









from Rochak Sansar : http://ift.tt/WVHQSQ

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved