Home » » अर्को ‘नेपाली तारा’ को खोजी गरिने.. प्रतिभा हुनेहरुले मौका नगुमाउनुहोला !!!

अर्को ‘नेपाली तारा’ को खोजी गरिने.. प्रतिभा हुनेहरुले मौका नगुमाउनुहोला !!!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगीतकार तथा गीतकार सुरेश अधिकारी र प्रसिद्ध गायक रामकृष्ण ढकाल उक्त प्रतियोगिताको मुख्य निणार्यक रहने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चर्चित गायक तथा संगीतकार जेम्स प्रधान र राजन इसानले अन्तिम २० मा छनौट भएका प्रतियोगिलाई ‘मेन्टोर जज ’ का रुपमा प्रशिक्षण गर्ने पनि बताइएको छ ।


भदौको दोश्रो हप्तादेखि शुरु हुने अडिसनको पहिलो भाग काठमाण्डौको डिल्लीबजार, नँया बजार र चावहिलका साथै ललितपुर, भक्तपुर, पोखरा, धरान, बुटवल र नारायणगढमा शुरु हुँदैछ ।


यसपटकको नेपाली तारामा थप उत्साह ल्याउनका लागि र सहभागिता बढाउँन ‘वाइल्ड कार्ड इन्ट्रि’को लागि मोबाइल अडिसन पनि गर्न लागिएको आयोजक निलबाराही फिल्म्सका निर्देशक रन्जित आचार्यले जानकारी दिए ।

 ‘यो प्रयास सफल भए अन्तराष्ट्रियस्तरमे सम्भवत : पहिलोपटक हुनेछ’, आचार्यले पत्रकार सम्मेलनमा भने– ‘हामीलाई आशा छ यसपटकको कार्यक्रम पहिलेको भन्दा फरक, नँया र थप मनोरंजनात्मक हुनेछ । ’

कार्यक्रमको अडिसनमा करिब २० हजार प्रतियोगिहरुले अडिसन दिने आयोजकको दाबी छ ।
http://rochaksansaar.blogspot.com/2014/07/blog-post_22.html#.U86xx-OSzKw
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved