Home » , , » शरीर जोडिएका अचम्मका दाजुभाई (फोटोफिचरसहित)

शरीर जोडिएका अचम्मका दाजुभाई (फोटोफिचरसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यी दुई भाई कम्मरभन्दा तल एउटै छन् । शिवनाथ र शिवराम साहु अहिले १२ वर्षको भइसकेका छन् । उनीहरु अहिले मजाले बाँचिरहेका छन् । छत्तीसगढको रायपुरको सानो गाउँमा रहेका शिवनाथ र शिवराम जन्मदा सबैतिर कौतुहल उत्पन्न भएको थियो । किनभने यी दुई बच्चा अलगअलग छन् । तर आपसमा एकअर्कासँग जोडिएका छन् । उनीहरुको चार हात, दुई खुट्टा र दुई वटा टाउको छ ।तर, पेट भने एउटै छ ।

अनौठो शरीर पाएका यी बालकलाई जसले देख्न उ एक पटक आश्चर्यमा पर्ने गर्दछ। तर, शिवराज र शिवराजलाई यसबाट केही फरक पर्दैन । उनीहरु एकअर्कासँग सामन्जस्य बनाएर आफ्नो काम गर्छन् ।

शरीर जोडिएका शिवनाथ र शिवराम आफ्नो सबै काम गर्न सक्षम छन् । उनीहरुको नुहाउने, कपडा लगाउने र खाना खाने तरिका देखेर जोकोही हैरान हुने गर्दछन् ।



यति मात्र होयन यी दुई बच्चा आफ्नो ६ हातखुट्टाको मद्दतबाट क्रिकेटसमेत खेल्छन् । त्यति मात्र पनि होइन, उनीहरु सिँढी पनि बिना कसैको सहयोग चढ्ने र उत्रने गर्न सक्षम छन् । उनीहरुको पढाई पनि राम्रो छ । उनीहरु पढाईमा निकै अब्बल छन् । उनीहरुको नाम कक्षाका उत्कृष्ट विद्यार्थीमा पर्दछ । एजेन्सी



from Nepali News Ex-Press http://ift.tt/1rNEm01

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved