भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा नेपाली गीतसंगीतमा तीज गीतका एल्बमहरु ल्याउने लहर सुरु भएको छ | नेपाली लोक कलाकारहरु वर्ष दिनमा सबैभन्दा बढी ब्यस्त रहने समय आएसंगै नयाँ नयाँ गीतिसंग्रहहरु र त्यसका भिडियोहरु पनि बजारमा छाउन थालेका छन् | यसैक्रममा गायिका श्रीदेवी देवकोटाको नयाँ तीज गीत ‘पिठ्युमा कनाइ देउन बाइ’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ |
नायिका सुष्मा कार्की,सुशान्त,’भद्रगोल’ टेलिसिरियलका चर्चित पात्र कुमार कट्टेल (जिग्री),हरि निरौला (कक्रोज),सागर लम्साल (बले) लगायतको अभिनय रहेको भिडियोको गीतमा गायिका श्रीदेवीसंगै प्रकाश कटुवालको स्वर रहेको छ | बिनोद ढकालको शब्द रचनामा प्रकाश कटुवालको लय रहेको गीतलाई अन्नुपर्ण भिजनले बजार ब्यबस्थापन गरेको छ |
भिडियो हेर्नुहोस् :-
Loading...
