आफ्नो युवा प्रेमीसँग जीवन बिताउनका लागि एक ३९ वर्षीया आमाले आफ्ना १२ जना छोराछोरीहरुको माया मारेकी छिन् । उनका पूर्व श्रीमानले उनको यो कदमलाई ‘घृणास्पद’ बताएका छन् । ४७ वर्षीय पिटर सान्टर्सले आफ्ना एक दर्जन छोराछोरीको एकल अभिवाकको भूमिका निभाइरहेका छन् । पिटरकी पूर्व पत्नी ट्याबिताले आफ्ना २२ वर्षदेखि १९ महिनासम्मका छोराछोरीलाई छोडेर भागेकी छिन् । ट्याबिताले कोल्ट नाइम्ससँग २५० मिल टाढा आफ्नो नयाँ घर बसाएकी छिन् । नाइम्स साउथ्याम्पटनमा बस्दछन् भने पिटरका परिवार उत्तरी वेल्समा बस्दछ । डेली मेल अनलाईमा बताइए अनुसार नाइम्स ३२ वर्षीय एक सेक्युरिटी गार्ड हुन् । पिटर सान्डर्सले एक दशकभन्दा बढि समयदेखि कुनै पनि काम गरेका छैनन् र उनलाई प्रत्येक महिना २,००० पाउन्ड सरकारी भत्ता आउने गर्दछ । बेरोजगार सान्डर्स भन्छन् कि ट्याबिताले जे गरेकी छिन्, उनको यो कदमलाई उनका छोराछोरीहरुले कहिले बिर्सने छैनन् । आफ्ना एक दर्जन छोराछोरीलाई पाल्न निकै कष्टकर हुने स्विकार्दै आफ्नो कुनै पनि छोराछोरीलाई उनी छोड्न नसक्ने बताएका छन् । पिटरले ट्याबितालाई २० वर्ष पहिले भेटेको बताउँछन् । उनका अनुसार उनीहरुको विवाह सन् १९९६ मा भएको थियो । विवाह गर्दा नै ट्याबिताको एउटा बच्चा भइसकेको उनी बताउँछन् । सन् २०१२ को लण्डन ओलम्पिक्सका दौरान सेक्युरिटी गार्डस्को काम गर्ने क्रममा ट्याबिता र नाइम्सको भेट भएको थियो । सुरुमा उनकी श्रीमतीले आफ्ना सबैभन्दा साना दुईजना छोराछोरीलाई आफूसँगै लिएर गएकी थिइन् तर पछि जब उनी कोर्टको सुनुवाईका लागि पुग्न सकिनन् तब उनले आफूले लगेका दुई छोराछोरी पनि उनीहरुको बुवाकोमा छोडिदिइन् । अहिले उनी प्रत्येक ६÷७ हप्तामा आफ्ना छोराछोरीलाई भेट्न आउने गर्दछिन् । (एजेन्सी)
from Nepali News Ex-Press http://ift.tt/1uw5aW9
via
IFTTT