भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
राजस्थानको सिकर जिल्लास्थित दान्तारामगढ उपखण्डमा पर्ने गौरिया गाउँमा बस्ने सामरी नामकी महिला र उनका श्रीमान मंगलराम बाबरियाले बिहे गरेको २५ वर्षमा २१ वटा सन्तान जन्माएका छन् । मंगलराम अहिले ४० वर्षका छन् भने उनकी श्रीमती सामरी ३८ वर्षकी । १३ वर्षको उमेरमा बिहे गरेकी सामरीले त्यसपछि आफ्नो बच्चा जन्माउने अभियानलाई तिब्रता दिइन् र रोक्दै रोकिनन् । जसका कारण २५ वर्षमा २१ वटा सन्तान जन्मिए ।
आखिर त्यस्तो ठूलो संख्यामा सफलतापूर्वक लगातार बच्चा जन्माउन सक्नुको राज के होला ? मंगलरामका अनुसार उनले आफ्नी श्रीमतीलाई हरेकचोटि सुत्केरी हुँदा पाँच किलो घिउका साथै तित्राको मासु, खरायोको मासुका साथै कुखुरा खुवाउने गरेका छन् । यति धेरै बच्चा जन्माएको यो परिवारले स्थानीय साहु महाजनको खेतबारीमा चौकिदारी गरिदिने वा मागेरै भएपनि गुजारा चलाउने गरेको छ ।
यो दम्पतिले जन्माएका सबै सन्तान बाँचेका छन् । यो परिवारको कुनै पक्की घर छैन । फाटेको पालले छाएको एक झुप्रो छ घरको नाउँमा ।खाने बस्ने कुराको ठेगान नभएपनि यिनीहरुको बच्चा जन्माउने सिलसिला भने अझै थामिएको छैन । पाँच वर्ष अघिसम्म वर्षेनी बच्चा जन्माउँथे । तर पछिल्ला पाँच वर्षमा दुइ सन्तान मात्र जन्मिएका छन् ।
जन्मिएका २१ सन्तानमध्ये ११ छोरा र १० छोरी छन् । अझ रोचक त के भने, उनीहरुका २१ सन्तानमध्ये ६ छोरी र ३ छोराको बिहे भैसकेको छ । बिहे गरेका छोरीहरु घरबारे भएर कर्मघरमै छन् भने तिन भाई छोराहरु कमाउनका लागि मुगलान तिर ।#onlinekhabar
from Nepali Khabar Site http://ift.tt/1px9pc3
via IFTTT
Loading...
