Home » » ‘आइफोनको प्रयोग खतरापूर्ण’

‘आइफोनको प्रयोग खतरापूर्ण’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

iPhone-5S-gold(एजेन्सी)– मानिसहरुको चाहनालाई ध्यानमा राखेर एप्पल कम्पनीले पुरानो आइफोनमा केहि परिमार्जन गर्दै आफ्ना नयाँ संस्करणहरु निकाल्ने गर्दछ । आइफोनमा धेरै मानिसहरुको मन बसेको छ, तर चीनियाँ सरकारले भने एप्पल आइफोनलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भएको बताएको छ । चीनको स्टेट मिडिया खबरका अनुसार, आइफोनमा प्रयोगकर्ताको ठाउँको बारेमा जानकारी दिने सुविधा रहेको हुन्छ र एप्पलले दिएको यो सुविधाका कारण नै चीनको लागि यो असुरक्षित भएको छ । आइफोनमा उपलब्ध सुविधा ‘फ्रिक्वेन्ट लोकेसन’ ले प्रयोगकर्ता भएको ठाउँ र त्यससँग जोडिएको थुप्रै जानकारीहरु दिने भएको कारण यसलाई असुक्षित मानिएको बताइएको छ । चीनको ब्रोडकास्टर सिसिटिभीले एप्पलले दिएको यो सुविधाको आलोचना गरेको छ । यो बारेमा चिनियाँ सरकारले अनुसन्धान पनि गरेको बुझिएको छ । एक शोधकर्ता भन्छन्, ‘देशमा थुप्रै प्रकारको जरुरी डाटाहरु हुने गर्दछ । यदि यो डाटामा कसैको पहुँच भयो भने यो देशको अर्थव्यवस्था र दस्तावेजहरुका लागि खतरा बन्ने गर्दछ । उता एप्पलले भने यो विषयमा केहि जवाफ दिएको छैन । पछिल्ला समयहरुमा चीनले एप्पलको बारेमा निकै आलोचना गरिरहेको बुझिएको छ । - See more at: http://www.rastriyakhabar.com/?p=6250#sthash.LxuNqLhh.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved