Home » » अचम्म अचम्मका फेसन !

अचम्म अचम्मका फेसन !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

फेसनको दुनियाँ त गज्जबै हुन्छ नि हौ। त्यस्तै अचम्मलाग्दा केही फेसन सामग्री यहाँ देख्न सक्नुहुनेछ।
माथिको फोटोमा रहेको अनुहार छोप्ने फेसनको नाम फेसकिनी हो। चर्को घामबाट बच्न प्रयोग गरिने यस्तो सामाग्री चीनमा बेचिन्छ।
यसलाई चैँ चुच्चे बुट भनिँदो रहेछ। हेर्नुस् त क्या चुच्चो जुत्ता ! मेक्सिकोमा चलेको यस्तो केटाहरुले लगाउने जुत्ता अहिले त अमेरिकामा पनि चलेको छ।
यस्तो प्यान्ट भने नेपालमा पनि आयात गरे हुने। यसलाई लामखुट्टे प्यान्ट भनिन्छ। यसमा झुलको जस्तो सामाग्री रहेको छ। लामखुट्टे र अरु किराहरुको टोकाइबाट यसले बचाउँछ।
यसलाई चाहिँ स्वेटर प्यान्ट भन्दा रहेछन्। जाडोमा काठमाडौँका सडकमा यस्तो स्वेटर प्यान्ट लगाएर हिँडे कसो होला ?
यो चाहिँ अति भयो। जिउँदो पशुपंक्षीलाई फेसनको आइटम बनाउने।

पूच्छ्रे फेसन। यो चानचुने पूच्छर भने हैन। Shota Ishiwatari ले बनाएको यो पूच्छरको सम्पर्क मुटुको धड्कनसँग मिल्ने गरी जोडिएको हुन्छ। धड्कन बढ्यो भने पुच्छर बेस्कन हल्लन्छ। नत्र बिस्तारै।
यो चाहिँ जाडोमा लिङ्गलाई तातो बनाइराख्ने सामान हो। क्रोएसियाको दुर्गम Mrkopalj पहाडी इलाकाका श्रीमतीहरुले आफ्ना श्रीमानका लागि यस्तो सामान बुन्ने गर्थे। पछि यो निकै लोकप्रिय हो। अरु ठाउँबाट पनि अर्डर आउन थालेपछि राडमिल्ला कुसलाई बेच्न भ्याइ नभ्याइ छ।
- http://ramailoonlinechautari.blogspot.com/2014/07/blog-post_9155.html
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved