भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तर कुमारित्व तोडिने विषय पछिल्लो समयमा महिलाको लागि दुखको कुरा नभएर आनन्दको विषय बन्दै गएको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार पहिलेको समयको तुलनामा महिलाहरुले आफ्नो कुमारित्व तोड्ने कार्यमा बढि आनन्द भोग गर्ने गर्छन् ।जर्नल अफ सेक्स रिसर्चमा छापिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘महिलाहरुले आफ्नो सबैभन्दा पहिलो सम्भोगका बेला बढि आनन्द तथा कम पश्चाताप महसूस गर्ने गरेका छन् भने पुरुषहरुमा पनि चिन्ता घट्दो छ ।’
महिला र पुरुषबीचको समग्र लैंगिक भिन्नता कुमारित्व क्षयिकरण सम्म पुगेको छ । यद्यपि यस्तो फरकपनामा भने सन् १९८० यता महत्वपूर्ण परिवर्तन आएको शोधकर्ताहरु बताउँछन् ।पहिलोपटकको सम्भोगमा पुरुषले प्राप्त गर्ने आनन्द पछिल्लो ३ दशकमा समान रहेको छ, जबकी महिलाले भने पहिलोपटकको सम्भोगमा प्राप्त गर्ने आनन्दमा उल्लेखनीय बढोत्तरी गरेका छन्, रिपोर्टमा भनिएको छ । पहिलो सम्भोगमा पुरुषको चिन्ताको तह तथा महिलाको पश्चातापको तह दुबै घट्दै गएको पाइएको छ ।रिपोर्ट अनुसार महिलाको यौनिकता सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता अनुसार परिवर्तन हुँदैछ ।
from Nepali Khabar Site http://ift.tt/1u0GVeI
via IFTTT
Loading...