Home » » करोडपति भिखारी पक्राउ, करोडौं नगद, गाडी र बहुमूल्य बस्तु बरामद

करोडपति भिखारी पक्राउ, करोडौं नगद, गाडी र बहुमूल्य बस्तु बरामद

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

BEGGAR-CUPमानिसहरु सडकमा माग्दै बस्ने खानै नपुगेर मात्र हो भन्ने धेरैलाई लाग्दो हो । तर, हालै साउदी अरबमा पक्राउ परेका भिखारीको बिलासी जीवनशैली र धनदौलतबारे जानकारी पाउनुभयो भने तपाईं पक्कै पनि चकित पर्नुहुने छ । हालै मदिनाको सडकमा बसेर मागिरहेका एक अधवैंसे पुरुषलाई त्यहाँको प्रहरीले पक्राउ गर्‍यो । साउदीमा माग्नु गैरकानुनी रहेकाले प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै उनकी श्रीमती र साना छोराछोरी पनि पक्राउ परेका थिए । तर, अनुसन्धानका क्रममा प्रहरीले ती भिखारीसँगबाट करोडौं रुपैयाँ नगद बरामद गर्‍यो । प्रहरीलाई उदृत गर्दै साउदी गजेट पत्रिकाले जनाएअनुसार उनीसँगबाट ३ लाख अमेरिकी डलर (झण्डै ३ करोड रुपैयाँ), एउटा बिलासी गाडी र बहुमूल्य सामाग्री बरामद गरेको छ । महंगा फर्निचर प्रयोग गरिएको भीआईपी अपार्टमेन्टमा उनी बस्ने रहेछन् । बिलासी गाडी चढेर उनी बिभिन्न शहरमा जाने र त्यहाँ पनि माग्ने काम गरेको प्रहरीले पत्ता लगाएको छ । ती भिखारी लगानीकर्ताको भिसा लिएर अबैधानिकरुपमा साउदी अरेबियामा बस्दै आएको बताइएको छ । प्रहरीले यी संकास्पद र अनौठा भिखारीबारे थप अनुसन्धान गरिरहेको साउदी गजेट पत्रिकाले जनाएको छ । - See more at: http://www.onlinekhabar.com/2014/07/173120/#sthash.iWqMjplG.dpuf
हट भिडियो हेर्नका लागि यहाँ क्लिक् गर्नुहोला 
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved