भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी)– ब्राजिल फुटबल समूहका स्ट्राइकर नेमारको आयुर्वेदिक उपचारका लागि भारतको केरेला आउने खबर मंगलबारको केरेलाको स्थानिय समाचार च्यानलमा छाएको छ ।
पछिल्लो हप्ता विश्वकपको क्वार्टर फाइनलको प्रतिस्पर्धामा कोलम्बियाविरुद्धको खेलमा नेमारको ढाडमा गम्भीर चोट लागेको थियो जसका कारण उनी विश्वकपबाट बाहिरिनुपरेको थियो । एक समाचार च्यानलका अनुसार, ब्राजिल फुटबल महासंघले यो सम्बन्धमा मुख्यमन्त्री ओमन चण्डीलाई सम्पर्क गरे । यद्यपी चण्डीले यो कुराको खण्डन गरेका छन् । उनका अनुसार, भारतका केरलका फुटबल प्रेमीहरुले राज्य सरकारसँग नेमारको आयुर्वेदिक उपचार लिनका लागि केरल आउने प्रस्तावको लागि अनुरोध मात्र गरिएको हो । उनले भने ‘मैले स्वास्थ्य मन्त्री भि.एस. शिवकुमारसँग यो बारेमा कुरा गरेको थिएँ, स्वास्थ्य मन्त्रीले राज्यको सरकारी आयुर्वेद महाविद्यालयहरुको शीर्ष चिकित्सकहरुसँग कुरा गरे । चिकित्सकहरुले इन्टरनेटमार्फत नेमारको घाउको बारेमा जानकारी लिएका छन् र उपचारको विकल्पको बारेमा बिचार गरिरहेका छन् ।’ चण्डीले अझ भने, ‘हामीले यो बारेमा मिडियालाई आज बताउने भएका थियौँ तर मिडियामा मंगलबार नै अर्को कुरा आयो । अब स्वास्थ्यमन्त्रीले यो विषयमा जानकारी दिनेछन् । कृपया गलत जानकारी नदिनुहोला । हामीले नेमारको सम्भावित आयुर्वेदिक उपचारका लागि प्रस्तावना मात्र पठाउने सोचेका छौँ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Loading...