भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मलेसियामा रहेको नेपाल आदिवासी जनजाति महासंघले डिआइडी लिटिल मास्टर्सको उपाधि जितेकी नेपाली कलाकार टेरिया मगरलार्इ सम्मान गरेको तर आफुलार्इ नगरेको भन्दै उनले होहल्ला गरेका हुन् ।
आइतबार राती राजधानी क्वलालाम्पुरमा रहेको खुकुरी रेष्टुरेण्टमा जनजाति महासंघले टेरिया मगरलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा गायक राजेशपायल राईले आफु वरिष्ठ रहेको र आफुलाई नै पहिलो सम्मान हुनुपर्ने बताएपछि विवादसंगै झडप भएको त्यहाँ रहेका रुपन्देही रुद्रपुरका टीका श्रीसले जानकारी दिए ।
राजेशले सम्मान खोज्दै होहल्ला गरेर कलाकारको जस्तो ब्यवहार नगरेको सम्मान कार्यक्रमको आयोजक आदिवासी जनजाति महासंघका अध्यक्ष सुन्दर आलेमगरले बताए । उनका अनुसार त्यहाँ टेरियालार्इ मात्र सम्मान गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सम्मान नपाएपछि रिसाएका राजेशले कार्यक्रम छाडेर गाडीमा गर्इ बसेको र सांस्कृतिक कार्यक्रमको स्थानीय संयोजक तामिल मूलको ब्यक्ति लगाएर धम्क्याएको आलेले बताए ।
त्यसपछि तामिल सवारी चालकहरुले तयारी अवस्थामा राखिएको खाना फालिदिएको र केही व्यक्तिको पासपोर्ट समेत नियन्त्रणमा लिएको श्रीसले बताए । जनजाति महासंघका सदस्यहरुले राजेशपायल कै निर्दैशनमा तामिल सवारी चालकहरुले भिडन्तको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । सम्मान कार्यक्रममा टेरियाले आफू कुनै जाति विशेषको मात्र नभएर नेपालको छोरी भएको बताएकी थिइन् ।
=======================================================
कार्यक्रममा टेरियाको रिस गरेका रार्इले आफ्नो फेसबुक पेजमा भने टेरियासँगै बसेको तस्बिर अपलोड गरेका छन् । मलेसियामा मुसलमान समुदायको रामदानको अवसरमा प्राय कम्पनीहरु बिदा रहेकोले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् ।
=======================================================
"साभार उज्यालो अनलाइन "
– भूमिराज पराजुली
from Nepali News Ex-Press http://ift.tt/1thNVGI
via IFTTT
Loading...
