भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२९५ जना यात्रु सवार मलेसियाली विमान युक्र र रुसको सीमा क्षेत्रमा दुर्घटना ग्रस्त भएको छ । नेदरल्याण्ड्स आम्स्टडमबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको विमान दुर्घटनामा परेको हो ।
मलेसियाली विमान सेवाले Flight MH17 विमान सम्पर्क विच्छेद भएको पुष्टी गरेपनि दुर्घटनाको विवरण सार्वजनिक गरेको छैन । युक्रेनको आकाशमा उड्दा सम्म सम्पर्क भएको त्यसपछि सम्पर्क विच्छेद भएको मलेसियाली अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुले विमान पूर्वी युक्रेनमा जल्दै गरेको अवस्थामा फेला परेको बताएका छन् ।
भिडियो हेर्नुस्
गत मार्च ८ मा २३९ जना यात्रुसहित हराएको मलेसियाली विमान सेवाको यात्रुबाहक जेट अहिले सम्म फेला परेको छैन । एउटा विमान हराएर नभेटिँदै अर्को विमान दुर्घटनामा परेको हो ।
Loading...

