Home » » नेयमारको ‘ढाड भाँच्ने’ जुनिगालाई मार्ने धम्की

नेयमारको ‘ढाड भाँच्ने’ जुनिगालाई मार्ने धम्की

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

५ साउन, काठमाडौं । ब्राजिलका नेयमारको ढाडको एउटा हड्डी भाँचिने गरी खराव ट्याकल गरेका कोलम्बियाका डिफेण्डर हुजान जुनिगालाई ज्यान लिने धम्की आएको छ ।

क्वाटरफाइनलमा कोलम्बिया र ब्राजिलबीच भएको खेल सकिन केही मिनेट मात्र बाँकी छँदा जुनिगाले नेयमारको ढाडमा घुँडाले हानेका थिए । जसका कारण नेयमारले विश्वकपका बाँकी खेल गुमाएका छन् ।

इटालियन क्लब नापोलीबाट व्यवसायिक फुटबल खेल्दै आएका जुनिगालार्इ विश्वकपपछि पनि आफूलाई इमेल र फोनबाट धम्की आइरहको उनका बाबुले बताएका छन् ।
भिडियो हेर्नका लागि  क्लिक्  गर्नुहोला ।
उनका बाबुले भनेका छन् छन्-’फोन र इमेलमा फोहोर गालीसँगै धम्की आइरहेको छ । एक बाबुको रुपमा म चिन्तित छु । उनका लागि मात्र होइन, उनको पत्नी र छोरीका लागि पनि ।’

जुनिगाले माफी मागेका छन् भने ब्राजिलियन स्टार नेयमारले पनि दिएका छन् । जुनिगाका बाबुले भनेका छन्-’मेरो छोराका कुनै दोष छैन । उनी हिस्रक पनि होयनन । नेयमारलाई जे भयो, चोट फुटबलको एउटा हिस्सा हो ।’
http://toptenkhabar.blogspot.co.il/2014/07/blog-post_5250.html
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved