Home » , , » शिवकाे आक्रोश-’कतारको कार्यक्रममा मलाई अपमानित गरियो’

शिवकाे आक्रोश-’कतारको कार्यक्रममा मलाई अपमानित गरियो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


गायक शिव परियारले आफू कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा अपमानित भएको जनाएका छन् । उनले व्यवस्थापनमा चर्को लापरवाही भएको भन्दै आफूले अपमानित महशुश गरेको फेसबुक पेजमा लेखेका छन् ।उनले आयोजकको चरम लापरबाहिका कारण आफूले स्टेजमा गएर २ लाइन गीत मात्र गाएर र्फकनु परेको भन्दै उनले आफूबाट धेरै नै आशा गरेर आएका दर्शकसँग माफी मागेका छन् ।



उनले आफूलाई मात्र एक्सपोज गर्न चाहने कार्यक्रम संचालक, स्टेडियममा दर्शक टन्न देखेर मख्ख पर्दै व्यवस्थापनमा कमजोरी गर्ने आयोजकसँग चर्को रोस प्रकट गरेका छन् ।अन्तरराष्ट्रिय कलाकार मञ्च कतार शाखा र शाश क्रियशनको संयुक्त आयोजनामा इदको अवसर पारेर मंगलबार कतारमा भव्य कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रम हेर्न ७ हजार भन्दा धेरै दर्शक सहभागी थिए । कार्यक्रम ढिलो सुरु हुँदा र आयोजक हावी हुँदा नेपालबाट गएका कलाकारले प्रस्तुती गतिलोसँग दिन नपाएको गुनासो आउन थालेको छ ।







Source : feed news from Nepali Khabar Site http://ift.tt/1ldrHOj

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved