भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साथीभाई भेटघाट हुँदा हात मिलाउने गरिन्छ । तर वैज्ञानिकहरुले भने हात नमिलाउन सुझाव दिँदै मुड्की जुधाउन सल्लाह दिएका छन् ।बेलायतको एवस्र्थ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले अब हात मिलाउने (ह्याण्ड सेक) संस्कृतिलाई बाइ बाइ गर्न सुझाव दिएका छन् ।
त्यस क्रममा हात मिलाउनु भन्दा हात माथि उठाएर हत्केला बजार्ने (हाइ फाइभ) शैलीबाट अभिवादन गर्दा ब्याक्टेरिया सर्ने दर ५० प्रतिशत कम हुने तथा मुठ्ठी बजार्ने शैल सबैभन्दा बढि सुरक्षित हुने र ९० प्रतिशत कम संक्रमण हुने पत्ता लागेको छ । शोधकर्ता डाक्टर डेभ व्हिटवर्थका अनुसार मुठ्ठी जुधाउने अभिवादन शैली सबैभन्दा बढि स्वस्थ तथा सुरक्षित हुनुको कारण यसो गर्दाको गति तथा सबैभन्दा कम सतह सम्पर्कमा आउनु हो ।
मानिसलाई हस्तमिलान भन्दा मुठ्ठी जुधाउने बानीलाई बढावा दिन लगाउने हो भने छालाबाट सर्ने विभिन्न खाले सरुवा रोगको संक्रमण कम हुने तकी उनको छ ।#onlinekhabar
from Nepali Khabar Site http://ift.tt/1tmz7q7
via IFTTT
Loading...
