Home » , , » होस्टेल, महसुस र नाइँ नभन्नु ल २ अगाडि

होस्टेल, महसुस र नाइँ नभन्नु ल २ अगाडि

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, श्रावण ११ - गत वर्षदेखि सञ्चालित एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको दोस्रो संस्करणमा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । १७ विधामा प्रदान गरिने उक्त पुरस्कारमा फिल्म 'होस्टेल' आठ, 'महसुस' र 'नाइँ नभन्नु ल २' समान सात विधामा मनोनीत भएका छन् । फिल्म 'झोला' र 'मोक्ष' भने पाँच-पाँच विधामा परेका छन् । नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) ले प्रदान गर्ने उक्त अवार्डमा माथि उल्लेखित पाँचै उत्कृष्ट फिल्म र निर्देशनमा परेका हुन् ।



गत वर्षभर प्रदर्शनमा आएका ९४ फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट निर्देशकलाई ट्रफीसहित एक लाख रुपैयाँ दिइनेछ भने अन्य विधाका विजयीले ट्रफीसहित ५१ हजार रुपैयाँ पाउने एनएफडीसीले जनाएको छ । यसै संस्करणबाट चार विधा थप गरिएको उक्त अवार्डमा जुरी अवार्ड, व्यावसायिक चलचित्र अवार्ड र पत्रकारिता पुरस्कारलाई भने निरन्तरता दिइएको छ । उक्त विधाको विजयीले पनि ५१ हजार रुपैयाँ नै जित्नेछ । डेढ महिनापछि प्रदान गरिने अवार्डका लागि संगीतकार शुभबहादुर सुनाम संयोजनक रहेको पाँच सदस्यीय टोलीले विधागत उत्कृष्ट पाँच मनोनीतको नामावली सार्वजनिक गरेको हो ।#ekantipur







from Nepali Khabar Site http://ift.tt/1AmaTy8

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved