Home » » यी हुन् विश्वकी सबैभन्दा खर्चालु छोरी !!!

यी हुन् विश्वकी सबैभन्दा खर्चालु छोरी !!!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

निजी घोडा, आइप्याड, ब्राण्डेड लत्ताकपडा तथा ह्याण्डव्याग । हजूर, यहाँ कुनै ठूलो सेलिब्रेटीको कुरा गरिएको छैन एक १२ वर्षकी फुच्चीको कुरा हुँदैछ । उनका बुवाआमाले किनिदिएका सामान कुरा । बेलायतकी यी बालिका चेज मेकेन्नाले सानो उमेरमै दुनियाका तमाम महंगा सामान आफ्नो बनाउन पाइसकेकी छिन् ।गूची, राल्फ तथा जूसी जस्ता महंगा ब्राण्डस् उनको रोजाइका ब्राण्ड हुन् । 

चेज मात्र होइन उनका भाइ बहिनीलाई समेत आफुलाई चाहिएकेा कुरा बाउआमालाई एक चोटी भने पुग्छ, बाउआमाले हातमै ल्याइदिन्छन् ।बेक्सले मा आफ्ना बुवाआमा तथा भाइबहिनीसँग बस्दै आएकी चेजलाई कुनै साधारण पसलमा गएर सपिङ गर्न मन पर्दैन । अहिलेसम्म खुद्रा पसलबाट उनले कुनै सामान किनेकै छैनिन् ।महंगो शौख तथा खर्चिलो लाइफस्टाइल बिताइरहेकी चेज तथा उनका दुइ भाइबहिनीको जिवनकथालाई बेलायतको एक टेलिभिजनले पर्दामा समेत उतार्दैछ । 

च्यानल फाइभले ती महंगी बच्ची र उनका भाइ बहिनीबारे एक वृत्तचित्र पनि बनाउँदैछ ।चेजका महंगा सामानको सुरक्षा तथा उनको स्याहारमा मात्रै उनका बुवाआमाले वर्षमा लाखौँ रुपैयाँ खर्च गर्नुपरिरहेको छ ।छोराछोरी बढि खर्चालु बन्न थालेपछि आमाबुवाको टाउको दुखाइ हुन्छ र पैसा पूराउनै गाह्रो हुन्छ । तर चेजकी आमा भने छोरीको खर्चालु स्वभावका कारण खुसी छिन् ।

 आफु सानोमा जस्तो बन्न चाहन्थिन् अहिले छोरी उस्तै बनेपछि आमा केली खुसी छिन् । तर कहिलेकाहीँ छोराछोरीहरुलाई उनीहरुले भनेका कुरा जुटाइदिनको लागि केही कठीनाई भने झेल्नुपरेको उनको भनाइ छ । चेजलाई पकेट खर्चकै रुपमा हप्तामै झण्डै ५० लाख रुपैयाँ जति लाग्छ ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved