Home » » ब्राजिललाई अब डुंगाले सम्हाल्ने

ब्राजिललाई अब डुंगाले सम्हाल्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


Dungaब्राजिलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा डुंगा नियुक्त भएका छन्। डुंगा दोस्रोपटक ब्राजिलको प्रशिक्षक बनेका हुन्। यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्‍न विश्‍वकपमा पनि डुंगा नै ब्राजिलका प्रशिक्षक थिए। त्यतिबेला ब्राजिलियन टोली क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग २-१ गोलले पराजित भएपछि उनलाई पदबाट हटाइएको थियो।

हालै घरेलु मैदानमा सम्पन्‍न विश्‍वकपमा निराशाजक प्रदर्शन गरेपछि ब्राजिलका तत्कालीन प्रशिक्षक लुइस फिलिप स्कोलारीलाई पदबाट हटाइएको थियो। पाँचपटकको विश्वकप विजेता ब्राजिल २० औं विश्‍वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ र तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्ससँग ३-० गोलले पराजित भएपछि प्रशिक्षक स्कोलारीलाई पदबाट हटाइएको हो।
ब्राजिल फुटबल महासंघले मंगलबार पत्रकारसम्मेलनमार्फत ५० वर्षीय डुंगालाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो। ब्राजिलले सन् १९९४ मा विश्‍वकप जित्दा डुंगा टोलीका कप्तान थिए। ‘डुंगाले कप्तानका रूपमा जसरी ब्राजिललाई विश्‍वकप जिताए हामीले उनीबाट आगामी दिनमा प्रशिक्षकका रूपमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेका छौं’, पत्रकारसम्मेलनमा महासंघका अध्यक्ष जोसे मारिया मारिनले भने। ब्राजिलको फुटबलसँग जोडिएका सबैको सल्लाह अनुसार डुंगालाई प्रशिक्षक बनाइएको दाबी पनि उनले गरे।
पहिलोपटक ब्राजिलको प्रशिक्षक हुँदा डुंगाले नेतृत्व गरेका खेलमध्ये ४२ वटामा उनको टोली विजयी भएको थियो। १२ खेल बराबरीमा सकिएका थियो भने ६ खेलमा मात्र ब्राजिलले हार भोगेको थियो। सन् २००६ मा पहिलोपटक प्रशिक्षक बन्दा डुंगामा सम्बन्धित विषयको ज्ञान कम रहेको भनी उनको व्यापक आलोचना पनि भएको थियो। त्यतिबेला उनले ब्राजिललाई सन् २००७ मा कोपा अमेरिका र सन् २००९ मा कन्फेडेरेसन कपको उपाधि जिताएका थिए। -एजेन्सी
- See more at: http://www.samajkhabar.com/2014/07/23/18740/#sthash.32NxpI4z.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved