भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साउन २३ गतेबाट सार्वजनिक हुन लागेको चलचित्र ‘शीशा’मा जीवनको यस्तो लिला देखिएको हो ।
आर.बी.के.‘शरद’को निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् । 
चलचित्रमा जीवन लुइटेल, निर्मल सेञ्चुरी, उमा बेबी, रागिनी खड्गी, शान्ती गिरी, दीपेश भण्डारीको मुख्य भूमिका छ । यो सिनेमाको अधिकांश दृश्य सिक्किममा छायांकन गरिएको छ । चलचित्रमा मधुसुधन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी छ । चलचित्रले जीवन शीशा जस्तो हो भन्ने भाव बोकेको छ । चलचित्रको निर्माणपक्ष सिनेमा चल्ने पूर्ण विश्वस्त देखिएको पाइन्छ । चलचित्रमा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाले पनि विशेष भूमिका निर्वाहा गरेका छन् । उनको उपस्थितीलाई पनि चलचित्रमा विशेष रुपमा हेरिएको छ ।
- See more at: http://www.rastriyakhabar.com/?p=6595#sthash.VyfhY6Zd.dpuf
Loading...
