भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सुन्दा अचम्म लाग्ला तर यथार्थ हो । गधाले खच्चडलाई बलात्कार गर्यो भने के होला । तपाइँको उत्तर हुनसक्छ, जनावरको यस्तो कृत्यले मान्छेलाई फरक पार्ने कुरै भएन । यमनमा गधाले खच्चडलाई बलात्कार गर्दा १५ जना मानिसको ज्यान गएको छ ।
यमनको एक आदिवासी इलाकामा गधाले खच्चडलाई बलात्कार गरेको घटनापछि गोली चल्दा १५ जनाको ज्यान गएको छ । स्थानीय एक व्यक्तिको गधाले अर्को व्यक्तिको घरमा पालेको खच्चडलाई लखेटी लखेटी बलात्कार गरेपछि यो घटना भएको हो । छिमेकीको गधाले आफ्नो खच्चडलाई बलात्कार गरेको घटनापछि निकै क्रुद्ध बनेका खच्चडका मालिकले गधा मालिकसँग झगडा गर्न पुगे ।
झगडाले निकै ठूलो रुप लियो ।दुइ पक्षबीच गोली हानाहान समेत भयो । गोली हानाहानको क्रममा १५ जना स्थानीय बासिन्दाको ज्यान गयो । वास्तवमा गधाले खच्चडमाथि बलात्कार गरेको घटनाले त्यहाँ जातिय दंगाको रुप लिएको थियो ।
गधाका मालिक मकाबी समुदायका थिए भने खच्चडका मालिक अब्बास समुदायका थिए । स्थानीय दुइ समुदायका मानिसले दुइ जनावरको यो घटनालाई पछि जातिय रुप दिएर र भिड्न थाले ।
हिंसाले ठूलै जातिय दंगाको रुप लिन थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो । दक्षिण पश्चिमी अब प्रान्तमा घटेको यो घटनाका क्रममा प्रहरीले ८ जनालाई पक्रेको छ । गधा र खच्चडको अवस्था भने सामान्य छ ।स्रोत # हाम्रो संदेश
Loading...