Home » , , » बन्ने भो 'कहानी' को हलिउड रिमेक

बन्ने भो 'कहानी' को हलिउड रिमेक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विद्य वालन अभिनित हिन्दी सिनेमा 'कहानी' को हलिउड रिमेक बन्ने भएको छ। 'डिटी' नाम रहने यस हलिउड फिल्मलाई 'द गर्ल वीथ द ड्रयागन ट्याटु' फेमका निर्देशक नेल्स आर्डेन ओप्लेभले निर्देशन गर्नेछन।



हिन्दीमा सन २०१२मा सुजोय घोषले निर्देशन गरेको यस सिनेमाको हलिउड भर्सनलाई जोश रिभेरा (द मोटरसाइकल डायरिज्) र रिचर्ड रेगन(तेहरान) को जोडीले लेखेका छन्। यस सिनेमाको अंग्रेजी संस्करणलाई एस राज स्टुडियोले निर्माण गर्दैछ।



यस थ्रिलर फिल्ममा आफ्नो वेपत्ता श्रीमानको खोजीमा कोलकाता आएकी एक अमेरिकी महिलाको कथा हुनेछ। कोलकातामा नै छाँयाकन गरिने यस सिनेमाको सुटिङ अर्को वर्ष फरवरीबाट हुनेछ। सिल्पर हिट रहेको 'कहानी'ले तीनवटा नेशनल अवार्ड पाँचवटा फिल्म फेयर अवार्ड लगायतका थुप्रै अवार्डहरू जितेको थियो।







from Nepali Khabar Site http://ift.tt/UAbDyE

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved