Home » » विश्वकपमै साकिराले छोरा पाईन...

विश्वकपमै साकिराले छोरा पाईन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी,३० असार । भर्खरै विश्वकपको २० औं सस्करण सकिएको छ । नयाँ विश्व च्याम्पियन बन्दै जर्मनीले कम्तिमा ४ वर्षका लागि फूटबलको राजा बन्ने आधार पाएको छ । 


त्यसो त विश्वकप फूटबलले धेरैलाई धेरै कुरा दिएका छन् । जस्तो विश्व प्रसिद्द गायिका शाकिरालाईदिएको छ । विश्वकपको समापन समारोहमा ‘ला ला ला ला’ गाउने क्रममा उनले भनिन- ‘विश्वास नलाग्न सक्छ, मेरो जीवमा आमुल परिवर्तन हुनुहको पछाडि फुटबल नै हो। अझ विश्वकप फुटबल प्रतियोगिता नै यसको आधार हो।’

त्यति मात्र होइन विश्वकपमै आफूले जीवनसाथीका रुपमा जेराल्ड पिकेलाई पाएको उनले बताईन । ‘यदि विश्वकप नभइदिएको भए, आज मसँग मेरो छोरा हुने थिएन।’ एक छोराकी आमा यी सुन्दरीले थपिन,’ यी विविध कारणले विश्वकपले मेरो जीवन परिवर्तन भएको हो।’

एक भव्य समारोहबीच विश्वकप फुटवल २०१४ को समापन भएको छ। उक्त अवसरमा साकिराले रियो द जेनेरियोमा आफ्नो प्रस्तुति देखाएकी छन्।

यो सँगै उनले विश्पकपमा लगातार तीन पटक गाउँदै आफ्नो ह्याट्रिक पुरा गरिन्। यसअघि उनले दुई पटक विश्वकपमा आफ्नो गीत प्रस्तुत गरिसेककी छिन्। कोलम्वियाकी पप गायिका साकिराले माराकाना स्टेडियममा आफ्नो प्रर्दशन गरेकी हुन्।
- http://rochaksansaar.blogspot.com/2014/07/blog-post_7190.html#.U8OHxJSSxOE
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved