Home » , , » छोरा कतारमा, बुहारी सुन ल्यापटप बोकेर घरबाट बेपत्ता

छोरा कतारमा, बुहारी सुन ल्यापटप बोकेर घरबाट बेपत्ता

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नुवाकोट : छोरा रोजगारीको लागि विदेश गएको समयमा घरबाट धनमाल लिएर बुहारी भागेपछि नुवाकोटको सूर्यमती ८ गहत डाँडाका दिलबहादुर तामाङ समस्यामा परेका छन्। गत सोमबार अपरान्ह घरबाट नगद रूपैयाँ ७५ हजार, एक तोला सुनका गहरगहना र एउटा ल्यापटप बोकेर बुहारी बेपत्ता भएको र अहिलेसम्म सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएका छन्।

पचास हजार पर्ने ल्यापटप र सुन र नगद रूपैयाँ जोड्दा डेढ लाख रूपैयाँभन्दा बढी सम्पती बुहारीले लिएर फरार भएको तामाङले निवेदनमा उल्लेख गरेका छन्। रोजगारको लागि छोरा डेढ महिनाअघि कतारमा गएका थिए। बुहारी मनु लामाले धनमाल लिएर फरार भएपछि तामाङ प्रहरीको शरणमा आइपुगेको जानकारी प्रहरीले दिएको छ।

चारवटा छोरा सबैको बिहे गरिसकेका तामाङसँग अहिले जेठीबाहेक सबै छोरा बुहारीहरू सगोलमै बस्दै आएका छन्। माइलो छोरो विदेशमा गएको समयमा माइली बुहारीले समान लिएर गएको र ककनीस्थित माइतीको सम्पर्कमा समेत नरहेको तामाङले बताए। चार छोरा-बुहारी मध्ये जोठा छोराबुहारी छुटिए पनि बाँकी तीन छोरा-बुहारीसँग बस्दै आएका दिलबहादुर तामाङले घर बनाउन जम्मा गरेको रकम लिएर माइली बुहारी फरार भएपछि उनी समस्यामा परेका हुन्।








Source : feed news from Nepali News Ex-Press http://ift.tt/1qm7KYi

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved