Home » , » श्रीमतीलाई नाङ्गे पारेर घर निकाला

श्रीमतीलाई नाङ्गे पारेर घर निकाला

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१३ साउन, धादिङ । सदरमुकामस्थित नीलकण्ठ नगरपालिका- ३ की एक महिलालाई उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।



उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई गएराति सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका हुन् । ‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’- पीडित महिलाले रुँदै भनिन् ।



राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् । रासस



from Khabar Pana | Online News and Entertainment http://ift.tt/1nPVYbF

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved