भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भागदौड तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनशैलीमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ ।

३. नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् । ४. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ । - See more at:
५. पूराना कपडाको रिडिजाइन । के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।
यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ। - See more at: http://hallasansaar.blogspot.com.au/2014/07/i_3919.html#sthash.k0ujPnr5.aTQP7VDs.dpuf
Loading...
