Home » , , » सुटिङका लागि बोलाइएका मुक्केबाजले प्रियंकालाई साँच्चीकै मुक्का हाने

सुटिङका लागि बोलाइएका मुक्केबाजले प्रियंकालाई साँच्चीकै मुक्का हाने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

फिल्म ‘मेरी कोम’मा बक्सिङ खेलाडीको अभिनय गरेकी प्रियंका चोपडाले सुटिङका बेला ब्यबसायिक बक्सरको प्रहार सहनुपरेको छ ।



नेपाली अभिनेता सुनिल थापाको शिष्यका रुपमा अभिनय गरेकी प्रियंका सुटिङका बेला ब्यबसायिक बक्सरसँगै भिडेकी थिइन् ।



तर, बक्सरले बेलाबेला सुटिङ गरिरहेको भुल्दा प्रियंकामाथि साँच्चिकै मुक्का प्रहार गरेका थिए ।



‘उहाँहरुलाई थाहा थिएन कि कसरी मुक्का हानेको अभिनय गर्ने, त्यसैले धेरैपटक ममाथि साँच्चै मुक्का प्रहार गर्नुभयो, जसले निकै पिडा भयो ।’ प्रियंकाले भनिन् ।


पाँचपटकसम्म बिश्व च्याम्पियन रहेकी बक्सिङ खेलाडी मेरी कोमको जीवनमा आधारित यो फिल्म सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा नेपाली अभिनेता सुनिल थापा प्रियंकाको बक्सिङ गुरुका रुपमा अभिनय गरेका छन् ।



Source : feed news from Nepali News Ex-Press http://ift.tt/1nH7yF0

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved