Home » , » गुन्डालाई ‘रामधुलाइ’ गर्दा नायक आर्यन घाईते

गुन्डालाई ‘रामधुलाइ’ गर्दा नायक आर्यन घाईते

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । गुन्डा तहलगाउन लाग्दा नायक आर्यन सिग्देल गम्भीर घाईते भएका छन् ।



उनको घुँडामा गम्भीर चोट लाग्न पुगेको छ । तर, वास्तविक गुन्डालाई नभएर चलचित्र ‘आबेग’ मा गुन्डा तहलगाउने दृश्यको छायंकनका क्रममा उनी घाइते भएका हुन् ।



बुधबार ललितपुरको बालकुमारीमा चलचित्र ‘आवेग’ को फाईटको दृश्य छायांकनको क्रममा उनको बायाँ खट्टाको घुँडाको लिगेन्ड्स चुँडिएको र कुरकुरे हड्डी भाँचिएको हो ।




Aaryan Sigdel



चिकित्सकले उनलाई तत्कालै अप्रेशन गर्न सल्लाह दिएका थिए । तर, आर्यनले डाक्टरको सल्लाह नमानी चलचत्रि ‘आवेग’को छायांकन सकेर मात्रै अप्रेशन गर्ने मनस्थिति बनाएका थिए ।



सुटिङगमा खुट्टा चलाउनै नसक्ने भएपछि आर्यनलाई सिनेमा युनिटले घरसम्मै पुर्‍याइदिएका थिए । अझै पनि खुट्टा दुख्न कम भए आर्यन चलचित्र आवेगको १० दिनको काम सकेर मात्रै अप्रेसन गर्ने सोचमा छन् ।



फिल्मको काम आफ्नो कारणले अड्काउने मन छैन उनलाई । बसन्त निरौला निर्देशित चलचित्र ‘आवेग’ को एउटा गीत, केही दृश्यहरु र क्लाईमेक्सको फाईटको दृश्य खिच्न बाँकी छ ।



तर, यदि आर्यनले तत्काल अप्रेशन गरेको खण्डमा भने उनले २ महिना जति आराम गर्नुपर्ने हुन्छ । जसको कारण उनी अनुबन्धित अलबिदा, केसरी, सेभ द कन्ट्री लगायत चलचित्रको सुटिङगलाई पनि प्रभाव पर्ने देखिन्छ ।







Souce feed news from आजको पत्रिका► http://ift.tt/1tvsr9u

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved