भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रत्ननगर (चितवन) - चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्नेसहितका आठबुँदे माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।
चरणबद्ध आन्दोलन घोषणा गर्दै कर्मचारीले एक सातासम्म अस्पताल प्रशासन गेटमा आज पनि धर्ना दिने नेपाल स्वास्थ्यकर्मी सङ्घका सदस्य रमेश शर्मा पौडेलले बताए । उनका अनुसार बुधबारदेखि हरेक दिन बिहान ९ बजेदेखि एक घण्टा हातमा कालो पट्टी बाँधेर कर्मचारीले धर्ना सुरु गरेका छन् ।
सरकारले बढाएको तलबभत्ता अस्पतालले कर्मचारीलाई नदिएको, अस्पतालका कर्मचारी, कार्यकारी निर्देशकसहित भएको सहमति कार्यान्वयन गर्नुपर्ने, प्रशासनमा सरुवा भएका प्राविधिक सेवाका कर्मचारीको सरुवा खारेज गर्नुपर्नेसहितका माग कर्मचारीले राखेको सङ्घका अध्यक्ष रमेशराज पाण्डेले जानकारी दिए ।
कर्मचारीका माग तत्काल पूरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए । अस्पतालमा पटकपटक विभिन्न खालका आन्दोलन हुँदा बिरामी तथा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । रासस
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/ZvFw5E
Posted via IFTTT